News Summary
Generated by OK AI. Editorially reviewed.- दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ।
- बायोमेट्रिक दिएपछि आवेदकले महावाणिज्यदूतावासमै डेलिभरी फाराम भर्नुपर्नेछ र राहदानी इमिरेट्स पोस्टमार्फत पठाइनेछ।
- डेलिभरीका लागि सेवाग्राहीले १५ दिराम शुल्क तिर्नुपर्नेछ, भ्याटसहित १५.७५ दिराम लाग्नेछ।
९ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ ।
महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो ।
अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिएपछि सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमै डेलिभरी फाराम भर्नुपर्नेछ । नयाँ राहदानी बनेपछि महावाणिज्यदूतावासले उक्त राहदानी यूएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत डेलिभरी गरिने दूतावासले जनाएको छ ।
महावाणिज्यदूतावासका अनुसार डेलिभरीका लागि सेवाग्राहीले इमिरेट्स पोस्टलाई १५ दिराम शुल्क तिर्नुपर्नेछ । भ्याटसहित भने यो शुल्क १५.७५ दिराम हुनेछ ।
महावाणिज्यदूतावासले यो सेवा स्वेच्छिक रहेको भन्दै आवश्यक पर्ने सेवाग्राहीले मात्र उपयोग गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया 4