+
+
Shares

दक्षिण-पूर्वी एसियाका ‘स्क्याम सेन्टर’ बाट ६८७ नेपालीको उद्धार

परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले यसअघि ६ सय १६ जना र पछिल्लो दुई सातामा थप ७१ जनाको उद्धार गरिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण–पूर्वी एसियाका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ।
  • उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपाली स्वदेश फर्काइएको छ।
  • कम्बोडिया सरकारले १ सय २ नेपालीको जरिबाना मिनाहा गरिसकेको र थप १ सय ७२ जनाको मिनाहाका लागि अनुरोध गरिएको छ।

८ जेठ, काठमाडौं । दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालित ‘अनलाइन स्क्याम सेन्टर’ मा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरहरूमा ठगिएर पुगेका नेपालीको पहिचान र उद्धार जारी रहेको जनाए ।

उनका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित निकायको समन्वयमा यसअघि ६ सय १६ जनाको उद्धार गरिएको थियो । पछिल्लो दुई सातामा थप ७१ जनाको उद्धार गरिएको प्रवक्ता पौडेलले बताए ।

उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको पौडेलले बताए ।

प्रवक्ता क्षेत्रीले उक्त क्षेत्रमा अझै पनि धेरै नेपाली फसेको हुन सक्ने अनुमान गरिएको बताए । उनले नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १ सय २ नेपालीको जरिबाना मिनाहा गरिसकेको र थप १ सय ७२ जनाको जरिबाना मिनाहाका लागि अनुरोध गरिएको बताए ।

त्यस्तै संगठित अपराध, मानव तस्करी लगायत कसुरमा थुनामा रहेका नेपालीको रिहाइ तथा उद्धारका लागि बैंककस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

यसैगरी म्यानमारमा थुनामा रहेका १८ नेपालीको कैद मिनाहाका लागि पनि पहल जारी रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?