News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त संस्थालाई विज्ञापनमा आधिकारिक सम्पर्क विवरण अनिवार्य खुलाउन निर्देशन दिएको छ।
- विभागले विज्ञापनमा सम्पर्क व्यक्तिको नाम, नम्बर र स्थान स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।
- सम्पर्क विवरण नखुलाइएका विज्ञापनमा आवेदन दिन समस्या भएको गुनासो आएपछि विभागले कानुनी कारबाहीको चेतावनी दिएको छ।
४ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापन गर्दा अनिवार्य आधिकारिक सम्पर्क विवरण खुलाउन निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचना अनुसार श्रमिक माग गर्दै राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशित हुने विज्ञापनमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र सम्पर्क स्थान स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर, हाल प्रकाशित केही विज्ञापनमा आवश्यक विवरण नखुलाइएकाले आवेदन दिन चाहने व्यक्तिले सम्पर्क गर्न समस्या भएको गुनासो विभागमा आएको उल्लेख गरिएको छ ।
विभागले यस्तो अवस्थालाई गम्भीर लिँदै इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापनमा अनिवार्य स्पष्ट सम्पर्क विवरण राख्न सूचित गराएको छ ।
त्यस्तै वैदेशिक रोजगारीका लागि मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दासमेत सम्बन्धित सम्पर्क व्यक्तिको नाम, नम्बर र ठेगाना खुलाउनुपर्ने बताइएको छ । उक्त व्यवस्था कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

प्रतिक्रिया 4