+
+
Shares

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा अब बबरमहलबाट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते ११:१०
Photo Credit : फाइल फाेटाे

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ ।

बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधी लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय सर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै आएको छ ।

बोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना संकलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण लगायतका काम बोर्डबाट हुँदै आएको छ ।

बोर्डले गत पुस मसान्तसम्म आवेदन लिएर विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने काम समेत शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?