Comments Add Comment

राष्ट्रपतिको देश दौडाहा : ‘श्रीलंका टापु’ देखि बराहक्षेत्रसम्म

एकै दिन दुईवटा विद्यालयको रजत जयन्तीमा सहभागी हुने

२५ माघ, बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने जिल्ला भ्रमण तय भएको छ । शुक्रबार काठमाडौंबाट बिराटनगर विमानस्थलमा ओर्लेपछि राष्ट्रपति भण्डारी हेलिकोप्टरबाटै मोरङका दुईवटा विद्यालयको रजत जयन्तीमा सहभागी हुन जाने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी शुक्रबार मोरङको रमाइलोझोडामा अवस्थित जनसेवा माविको रजत जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।

जनसेवाको कार्यक्रम सकेर राष्ट्रपति भण्डारी आजै उर्लाबारी नगरपालिकामा अवस्थित राधिका माविको रजत जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको स्रोतले बतायो ।

आफ्नो वाषिर्कोत्सवमा राष्ट्रपतिलाई नै सहभागी गराउने ‘भाग्य’ देशका सबै विद्यालयहरुलाई छैन । तर, उर्लाबारीको राधिका मावि राष्ट्रपति भण्डारीले आफैं पढेको विद्यालय हो । र, सो विद्यालयमा जाँदा रमाइलो झोडाको जनसेवा माविले पनि राष्ट्रपतिलाई आतिथ्य ग्रहण गराउने अवसर पाएको हो ।

‘श्रीलंका टापु’ देखि कुम्भमेलासम्म

राष्ट्रपति भण्डारी विद्यालयको रजत जयन्तीका लागि मात्र जिल्ला गएकी हैनन् । उनी सुनसरीको चतराधाममा आयोजना हुन लागेको महायज्ञमा सहभागी हुन जिल्ला आएकी हुन् । यही सिलसिलामा उनले मोरङका दुई विद्यालयको वाषिर्कोत्सवमा सहभागी बन्ने अवसर जुरेको हो ।

राष्ट्रपति भण्डारी शनिबार सुनसरीको बराहक्षेत्र जाने कार्यक्रम छ ।

राष्ट्रपतिले शनिबार बिहान सुनसरीको कोशी नदीको वीचमा रहेको वस्तीको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कोशी नदीमा रहेको सो टापुलाई ‘श्रीलंका टापु’ को नामले चिन्ने गरिएको छ । त्यहाँ प्रदेश सरकारले पर्यटनसम्बन्धी योजना प्रस्तुत गर्न लागेको मुख्यमन्त्रीको सचिवाललय जानकारी दिएको छ ।

श्रीलंका टापुको भ्रमणपछि राष्ट्रपतिले शनिबार नै बराहक्षेत्र चतराधाममा तारकब्रह्म महायज्ञको उदघाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment