+
+

उपत्यकाका पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २६ गते १७:४९

२६ माघ, काठमाडौं । लगातारको वर्षा शनिबार काठमाडौं उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । काठमाडौं नजिकका पहाडमा हिमपात गराएको हो । नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ ।

काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, वीराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ ।

उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि दिउँसो आकास खुला भएको छ । कतिपय स्थानमा माम लागे पनि धेरैजसो स्थानमा बदली देखिन्छ । बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।

शनिबार काठमाडौंको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रिमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाका मौसमविद शान्ति कँडेलले बताइन् । ‘अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउँछ, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?