Comments Add Comment

२६ प्रहरी नायव उपरीक्षकको बढुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका २६ नायव उपरीक्षकको बढुवा गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई प्रहरी उपरीक्षक पदमा ढुवा गर्ने सिफारिस गरेको हो ।

पदपूर्ति समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले बढुवा समितिको बैठकले २६ जनालाई प्रहरी उपरीक्षक पदमा पदोन्नति गरेको जानकारी दिए ।

पदोन्नति हुनेमा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत रमेशकुमार बस्नेतदेखि जिल्ला प्रहरी कार्यालय म्याग्दी दरबन्दी रहेका वीरबहादुर बूढामगरसम्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment