Comments Add Comment

शिक्षाको विकासमा कुनै कमी हुँदैन : बिष्णु पौडेल

२७ माघ, बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युस्टि पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले शिक्षाको विकासमा कुनै पनि कमी नहुने बताएका छन् ।

बुटवल-१२ नयाँ गाउँमा रहेको नयाँ गाउँ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा बोल्दै उनले सामुदायिक विद्यालयले नतिजालाई बदल्न सक्नुपर्ने समेत बताए ।

निजी विद्यालयहरुले भन्दा पनि राम्रो नजिता सामुदायिक विद्यालयहरुले ल्याउनुपर्ने उनको भनाइ छ । मानिसको जीवनस्तर परिर्वतन गर्ने शिक्षा अबको आवश्यकता रहेको बताए महासचिव पौडेलले बताए ।

उनले नमूना विद्यालयको रुपमा पहिचान बनाउदै जानुपर्ने र निजी विद्यालयहले जस्तै विद्यार्थीहरु आफूतर्फ तान्ने प्रयास गुणस्तरबाट गर्नुपर्ने धारणा राखे ।

इतिहास बोकेको विद्यालयलाई सहयोगी दाताहरुको पनि राम्रो साथ रहेको भन्दै स्थानीय सरकार, प्रदेश र केन्द्रबाट समेत के-कस्तो सहयोग गर्न सकिन्छ त्यसमा कुनै पनि कमी आउन नदिने बताए । ‘मैले जे-जस्तो स्थान र तरिकाबाट सहयोग गर्नुपर्ने हो, यसमा तयार छु, जहिले पनि यस क्षेत्रको विकासको लागि कुनै पनि कमी हुन दिने छैन,’ उनले भने ।

फरक प्रसंगमा नेता पौडेलले भौतिक पूर्वाधार विकासमा आफूले कुनै पनि कमी नराखेको धारणा राखे । तिनाउ र दानव नदी किनाराका पक्की बाटोसहितको करिडोर निर्माणको योजना अन्तिम चरणमा पुग्न लागेको बताएका थिए ।

यस्तै, बुटवलदेखि नारायणगढ र बुठवलबाट कोहलपुरसम्मको सडकलाई एक्सप्रेस सडकको रुपमा विस्तार गर्ने गरी कार्य अगाडि बढाएको पौडेलको भनाइ छ ।

कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दर्शन बरालले शिक्षा क्षेत्रको विकासमा प्रदेश सरकारले योजना चरणबद्ध रुपमा विकास गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment