Comments Add Comment

नेप्से परिसूचक सुधारियो, कारोबार रकममा गिरावट

२८ माघ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन १२ अंक भन्दा बढीको गिरावट देखिएको सेयर बजारमा सोमबार १ दशमलव ३४ अंकको सुधार देखिएको ।

सेयर बजारमा १ दशमलव ३४ अंकको सुधार आउदा नेप्से परिसूचक १ हजार १ सय २८ दशमलव ८६ अंकमा पुगेको छ ।

परिसूचकमा झिनो सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ । सोमबार दिनभर भएका ४ हजार ९ सय ८२ कारोबारबाट १ सय १६६ कम्पनीका ६ लाख ८७ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २० करोड २७ लाख १४ हजार २२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस अघि आइतबार २३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पहिलो नम्बरमा देखिएको छ । माथिल्लो तामाकोशीको सोमबार १ करोड ४० लाख ६५ हजार ६ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस कम्पनीको सेयर मूल्य सोमबार २ सय ३२ रुपैयाँ रहेको छ । यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक कारोबार रकमका आधारमा दास्रो स्थानमा देखिएको छ भने तेस्रो स्थानमा एनएमबी बैंक देखिएको छ । यी बैंकहरुको क्रमशः ९३ लाख ८५ हजार ९ सय ८२ रुपैयाँ र ८२ लाख ५२ हजार ६ सय ३९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment