Comments Add Comment

माउन्टेन आईस प्रिमीयम स्ट्रङ्ग बियर आयो बजारमा

२९ माघ, काठमाडौं । बियर पारखीहरुको स्ट्रङ्ग बियरप्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्तामाझ बजारमा ल्याएको छ ।

माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको हो,अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाटउत्पादन गरिएको हुन्छ।

६.५% अल्कोहल भोलुम र ६५० एमएलको बोतलको २३० रूपैयाँ मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने भनि बजारमा ल्याइएको हो ।

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ति गर्न माउन्टेन आईस पि्रमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याईएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।

‘स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाईका लागि नै ल्याएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका ग्रुपका कार्यकारी निर्देशक शसिन जोशीले भने ।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै सुरु हुने छ ।  जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा बिक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।

डिस्टिलरी, बु्रअरी उत्पादनकक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment