Comments Add Comment

सलिनमान भन्छन्–‘यात्रा’मा शतप्रतिशत दिएको छु, तर पनि प्रेसर छ’

चलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यू गरेपछि नायक सलिनमान बनियाँलाई धेरैले अबको स्टारको उपमा दिएका छन् । यहीकारणले पनि हो, सलिनमानमाथि अहिले बक्स अफिसमा हिट हुनुपर्ने दबाब पैदा भएको छ । दोश्रो चलचित्र ‘यात्रा’सम्म आइपुग्दा सलिनको अभिनयमा सुधार आएको चर्चा पनि नभएको होइन । तर, पनि सलिनमान यसपटक केही दबाब महशुश गर्दैछन् । यसको पछाडिको मुख्यकारण हो, चलचित्रको व्यापार र उनीमाथिको आशा ।

यो चलचित्र अहिलेसम्म जे जती चर्चामा छ, त्यसको पछाडि सलिनकै नाम जोडिएको छ । यसैले पनि सलिनमानलाई चलचित्र चल्नैपर्ने दबाब बढेको हो ।  सलिनले चलचित्रको बिषयमा भने–‘म ए मेरो हजुर २’ मा भन्दा बढी यसबाट सन्तुष्ट छु । चलचित्रमा मैले शतप्रतिशत दिने कोशिश गरेको छु । आशा छ, दर्शकले मन पराउनुहुनेछ ।’

सलिनमानले यो चलचित्रलाई लिएर आफूमाथि बढेको प्रेसरको बारेमा पनि गुनासो गरेका छन् । उनले भने–‘चलचित्रको हरेक कुरामा म नै जोडिएको छु । यसैले पनि ठूलो दबाब हुन थालेको छ ।’ सलिनले चलचित्र निकै राम्रो बनेको र पर्यटन प्रवद्र्धनमा पनि चलचित्रले सहयोग गर्ने दाबी गरे । दोश्रो चलचित्रसम्म आइपुग्दा आफूले अझै धेरै सिक्न बाँकी रहेको उनको भनाई थियो । सलिनले यसो भनिरहँदा चलचित्रका निर्देशक सम्राट शाक्यले ५ यूवा र उनीहरुले कसैको जीवनमा ल्याएको फेरबदलको कथालाई यसले उठाएको बताए ।

चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराइले पानीका कारण चलचित्रको लगानी बढेको बताए । उनले, लगानी उठाउनका लागि त मुख्य हतियार नै हलमा चलचित्र चल्नुपर्ने बताए । चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रसँग नायक अनमोल केसीको ‘ए मेरो हजुर ३’ नामक चलचित्र पनि जुध्न लागेकाले अझै यसको निर्माणपक्षले बढी दबाब महशुश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment