Comments Add Comment

जब चिहानभित्र भेटियो ७ अर्बको कालो धनमाल

कालो धन लुकाउनेहरुले कस्तो कस्तो ठाउँ खोज्दा रहेछन् ! भारतमा हालै भएको एक घटनाले सबैलाई झसङ्ग पारिदिएको छ ।

भारतको चेन्नईमा एउटा चिहानको उत्खनन गरी प्रहरीले ४ सय ३३ करोड भारु बराबरको धनमाल बरामद गरेको छ ।

गत जनवरी २८ का दिन भारको आयकर विभागलाई एउटा सुराक प्राप्त भयो । तमिलनाडुका चर्चित सर्वणा स्टोर, लोटस ग्रुप तथा जी स्क्वाएयरका मालिकहरुले हालै नगद धन तिरेर १८० करोड भारुको सम्पत्ति खरीद गरे । उक्त खरीद बिक्रीको सम्झौतालाई लुकाएर उनीहरुले कर छली गरेको सूचना प्राप्त भयो । सोही सूचनाको आधारमा विभागले ती कम्पनीका चेइन्न र कोयंबटूरमा रहेका विभिन्न ७२ वटा स्थानमा छापा मार्ने योजना बनायो ।

विभागको टोलीले जब छापा मार्न सुरु गर्यो उसले केही भेट्टाएन । न त सुन भेटियो, न त नगद वा सम्झौता सम्बन्धि कुनै कागजात ।

छापा मार्ने क्रममा केही नभेटिए पनि आय विभाग उनीहरुले जालसाजी गरेकोमा ढुक्क थियो । त्यसैले उसले सहरभर सुराकीहरुलाई सक्रिय बनायो । छापा मार्ने दिनका सहरभरका सिसिटिभी फुटेजको अनुसन्धान गर्यो । त्यसक्रममा त्यस दिन एउटा गाडी सडकमा दिनभर अस्वभाविक रुपमा यताउता कुँदिरहेको देखियो । उक्त गाडीको अस्वभाविक कुँदाईले अधिकारीहरुमा आशंका पैदा भयो र तत्कालै गाडी र त्यसको चालकलाई नियन्त्रणमा लिइयो । यो फेब्रुअरी ६ को घटना हो ।

फेब्रुअरी ७ का दिन आयकर विभागको टोली बिहानै चेन्नइको एक चिहान क्षेत्रमा पुग्यो । टोलीसँगै सोही गाडीका चालक पनि थिए, जसले २८ फेब्रुअरीको दिन सहरभर गाडी घुमाएका थिए ।

चिहानघारीमा रहेका सयौँ चिहानमध्ये ती ड्राइभरले एउटा चिहानतर्फ संकेत गरे । कर्मचारीहरुले तत्कालै सो चिहानको उत्खनन सुरु गरे । जब चिहानको केही माटो मात्र हटाइएको थियो, त्यसभित्र जे जे वस्तु देखा परे त्यसले आयकर विभागका कर्मचारी तथा पुलिसहरुको होस हवास उड्यो ।

अधिकारीहरुका अनुसार त्यो चिहानमा कुनै लास गाडिएको थिएन । धनमाल गाडिएका थिए । पूरै ४ सय ३३ करोड भारुको खजाना ।

जसमा २५ करोड भारु नगद, १२ किलो सुन तथा ६२६ क्यारेट हिरा । जसको कूल मूल्य ४ सय ३३ करोड भरु हुने अधिकारीहरुको भनाइ छ ।

आखिर छापा मार्दा फेला नपरेको त्यो धनमाल चिहानमा कसरी आइपुग्यो ? छानविन बाट के पत्ता लाग्यो भने अधिकारीहरुले त्यो जुन धनमाल फेला पार्न ७२ स्थानमा छापा मारेका थिए त्यो धनमाल गाडीमा हालेर दिनभर सहरमा घुमाइएको थियो । छापा मार्ने कुराको सूचना ती धनाढ्यहरुले पहिले नै थाहा पाएपछि उनीहरुले खरीद बिक्रिका कागजात र प्रमाण नष्ट पारे अनि नगद तथा हिरा र सुनलाई गाडीमा हालेर सहर घुमाउन लगाए । अन्ततः बेलुकपख त्यो धनमाललाई चिहानमा लगेर गाडियो, ता कि कोही बाहिरी मानिसले फेला पार्न नसकून् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment