Comments Add Comment

एनआरएनए युएई कपको दोस्रो संस्करण फागुन १० देखि

युएई । युएईमा एनआरएनए फुटबल कपको दोस्रो संस्करण आगामी फागुन १० गते हुने भएको छ । युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो ।

गैरआवासीय नेपाली समन्वय परिषद युएईको आयोजना तथा क्षेत्रीय समन्वय परिषद अलऐनको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ११ टिमलाई सहभागी गराउने आयोजकले जनाएको छ । जसका लागि टिम दर्ताको प्रकृया चलिरहेको छ ।

हालसम्म ८ वटा टिमले दर्ता गराइसकेको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

टिम दर्ताको समय फागुन ८ गतेसम्मलाई तोकिएको छ ।

टिम दर्ता शुल्क १३ सय ३३ दिहराम ताेकिएकाे खेल संयाेजक उज्जबल दाहालले जानकारी दिए।

अहिले यहाँ कार्यरत कतिपय चर्चित राष्ट्रिय खेलाडीहरुले समेत विभिन्न क्लबबाट सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजयी टिमले नगद ५ हजार ५ सय ५५ दिहराम (एक लाख ६६ हजार ६ सय ५० रुपैयाँ)सहित ट्रफी पाउने छ ।

यस्तै, उपबिजेता टिमले नगद ३ हजार ५५५ दिहराम (१ लाख ६ हजार ६ सय ५० रुपैयाँ)सहित ट्रफी पाउने छ ।

खेल अलऐनको सुटिङ क्लबको मैदानमा हुनेछ । प्रतियोगिता फिफाको नियम अनुसार खेलाइने आयोजकले जनाएको छ ।

खेलकुदमार्फत आपसी भातृत्वको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्षेत्रीले जानकारी दिए ।

यस्ता किसिमका प्रतियोगिताले विभिन्न कारणले विदेशिन बाध्य भइ प्रदेशमा रहेका खेलाडी तथा खेलकुद प्रेमीहरुलाई प्रोत्साहन गर्नर् मद्घत पुर्‍याउने एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले बताए । उनले भने, ‘प्रवासमा रहेतापनि खेलमा झुकाव राख्ने खेलाडीलाई खेलकुद प्रतिको माया जगाइ राख्नका साथै खेल प्रवर्द्घनमा सहयोग पुग्नेछ ।’

एनआरएनले गतवर्षदेखि सुरु गरेको एनआरएनए फुटबल कपको पहिलो संस्करण दुवईमा आयोजना गरेको थियो । गतवर्ष नेपाली स्पोर्टस् क्लब राक अल खेमाले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment