Comments Add Comment

रामेछापमा जनयुद्ध दिवसमा रातो टीका साटासाट

१ फागुन, रामेछाप । रामेछापमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले २४ औं जनयुद्ध दिवस रातो टीका साटासाट गरेर मनाएका छन् ।

जिल्ला सदरमुकाम मन्थलीमा अयोजित कार्यक्रममा नेता कार्यकर्ताहरुले रातो टीका साटासाट गरेर दिवस मनाएका हुन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । सोही दिनको स्मरणमा नेकपा रामेछापले जनयुद्ध दिवस मनाएको हो ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतथ्यतामा भएको रातो टीका साटासाट कार्यक्रममा प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेल, विगठित संविधान सभाका सदस्य तारानारयण श्रेष्ठ, दोरम्बा गाउँपालिका अध्यक्ष एवं माओवादी पूर्व लडाकुका कमाण्डर कमानसिंह मोक्तान, नेताहरु प्रेमकुमार कार्की सेवक, टलक घिसिङ, मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत लगायतले बोलेका थिए ।

रामेछापलाई माओवादीको उद्गम स्थलका रुपमा समेत लिने गरिन्छ । २०५३ साल पुस १९ गते माओवादीले रामेछापको बेथान प्रहरी चौकिमा आक्रमण गरेको थियो ।  प्रहरी चाैकी कब्जाको यो पहिलो घटना हो ।

कार्यक्रममा नेताहरुले पार्टी एकताको कामलाई तत्काल पूरा गरी पार्टीलाई गति दिन केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment