Comments Add Comment

डीपीएल क्रिकेटमा आज दुई खेल

२ फागुन, काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज महेन्द्रनगर गुनाइटेडले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो एक बजे हुने खेलमा महेन्द्रनगरलाई जित अनिवार्य रहेको छ । यसअघिको दुई खेलमा पराजित भएको महेन्द्रनगर लिगको पाँचौं स्थानमा छ ।

यसअघि भएको खेलमा महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग सात रनले पराजित भएको थियो ।

यता, विराटनगर आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने विराटनगरले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको थियो ।

आजै हुने पहिलो खेलमा भने दुई खेलमा शतप्रतिशत जित हात पारेको रुपन्देही च्यालेन्जर्स र सीवाईसी अतरियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुँदैछ । दवैै टिम जितको खोजिमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment