Comments Add Comment

किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ

२ फागुन, डोटी । १५ वर्षीया किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

जोरायल गाउँपालिका-४ का ४८ वर्षीय खडकबहादुर मगरलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर धामीले जानकारी दिए ।

घरमा एक्लै भएको मौका छोपी सोमबार राति करिब १० बजेको समयमा खडकबहादुरले घरको झ्यालाट दुर्ब्यबहार गरेको पीडित किशोरीले बयान दिएको डीएसपी धामीले बताए ।

किशोरीले मंगलबार इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि खडकबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment