Comments Add Comment

प्रदेश १ ले ३ दिन प्रजातन्त्र दिवस मनाउने

६ फागुन, विराटनगर । प्रदेश १ सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ । प्रदेश सरकारले सोमबार मंगलबार र बुधवार प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

राणा शासनविरुद्धको संघर्ष सफल भएको सम्झनामा फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

नेपालमा भएका सबै परिवर्तनको जग ००७ सालको क्रान्ति भएकाले प्रजातन्त्र दिवस मनाउने तयारी भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

प्रजातन्त्र दिवस मनाउका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन भएको छ । समितिको निर्णयको आधारमा सामाजिक विकास मन्त्रालयको समन्वयमा ६ गते विद्यालयहरुमा वक्तृत्वकला, हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

७ गते विहान प्रभातफेरि आयोजना गर्ने र ८ गते कोशी अञ्चल अस्पतालसहित विराटेश्वर बृद्धाश्रम र बालगृहमा फलफुल वितरण गर्नेलगायतका कार्यक्रम राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment