Comments Add Comment

टाइमलाइन र विनायक क्वाटरफाइनलमा

काठमाडौं । टाइमलाइन र विनायक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टाइमलाइनले काठमाडौं विनायक शिक्षालयलाई १-० गोलले पराजित गर्‍यो । टाइमलाइनका समिर खड्काले निर्णायक गोल गरे । विनायकले ग्रिनविचलाई २-१ गोलले हरायो । विनायकका अनुप कार्की र रोहन लामाले गोल गरे । ग्रिनविचका अनुज घिमिरेले १ गोल फर्काए ।

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा ग्लोबल र मानाङ्क प्रिक्वाटरफाइनलमा पुगे । ग्लोबलले गेट्वे एकेडेमीलाई २-० गोलले पाखा लगायो । ग्लोबलका सुमित अधिकारी र ऋतिक न्यौपानेले गोल गरे । मानाङ्कले विद्याआर्जनलाई सडन डेथमा पन्छायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment