+
+

शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन्

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ८ गते ८:३५

अहिले बलिउडमा स्टार किड्स चम्किएका छन् । जान्भी कपुरदेखि सारा खानसम्म । यी दुबैले बलिउड डेब्यु गरे, जसले उनीहरुलाई लाइमलाइटमा ल्याइदियो ।

शाहरुख खान पुत्री सुहाना भने बलिउडमा यसैपनि लाइमलाइटमा रहन्छिन् । कहिले समुन्द्री किनारमा विकिनी पोज दिइरहेको त, कहिले आफ्नै कोठामा नुडल्स उमालिरहेको कुराले उनलाई चर्चामा ल्याउने गर्छ ।

सुहाना अब हुर्किसकेकी छिन् । अब उनी खुलेर प्रेम र रोमान्सको कुरा गर्ने भइसकेकी छिन् । हालैमात्र सुहानालाई सोधियो, ‘कुन अभिनेतासँग तपाईं डेट गर्न चाहनुहुन्छ ?’

शाहरुख-गौरीकी यी ग्ल्यामरस छोरीको जवाफ यस्तो थियो । उनले दक्षिण कोरियन पप सिंगर, अभिनेता, गीतकार एवं मोडल किम जुम म्यानको तस्वीर शेयर गर्दै लेखिन्, ‘उनीसँग ।’

सुहानासँग इन्स्टाग्राम च्याट सेशनको क्रममा यस्तो प्रश्न सोधिएको थियो ।

सुहाना पनि कोरियाका युवतीहरु जस्तै किम जुन म्यानका डाइहार्ट फ्यान हुन् । उनी एक स्टेज र्फममेन्सबाट निकै चर्चामा आएका थिए ।

भनिहालौं, सुहाना यतिबेला लन्डनमा बसेर पठनपाठन गरिरहेकी छिन् । उनी त्यहाँको विद्यालयमा मञ्चन भइरहेको नाटक रोमियो जुलियटमा जुलियटको भूमिका निर्वाह गरिरहेकी छिन् । शाहरुख पनि आफ्ना छोरीको नाटक हेर्न लन्डन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?