Comments Add Comment

बी डिभिजन लिग : टुसाल शीर्ष स्थानमा

७ फागुन, काठमाडौं । टुसाल क्लब शहीद स्मारक बी डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई १-० गोलअन्तरले पराजित गर्दै टुसाल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

टुसालको जितमा एलोन राईले निर्णायक गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा एलोनले पेनाल्टीबाट गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता लिएको टुसालले आफ्नो अग्रतालाई दोस्रो हाफमा पनि कायमै राख्न सफल भयो ।

जितसँगै टुसलले चार खेलबाट १० अंक प्राप्त गर्दै शीर्ष स्थानमा पुगेको हो ।

आजै भएको अर्को खेलमा झम्सिखेल युथ क्लबले श्री कुमारी क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment