१० फागुन, धनगढी ।१० फागुन, काठमाडौं । काठमाडौं गोल्डेन्सले धनगढी पि्रमियर लिग (डीपीएल) क्रिकेट बहिस्कार गरेको छ ।
आफ्ना खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले बहिस्कारको घोषणा गरेको छ ।
काठमाडौं गोल्डेन्सका टिम म्यानेजर संजय श्रेष्ठले निर्णय सही नभएकै कारण प्रतियोगिता बहिस्कार गरेको जानकारी दिएका छन् । उनले भने, ‘बहिस्कार नै गरेको हो । अब हामी आगामी संस्कणका कुनै पनि डीपीएल खेल्दैनौं । अंकितविरुद्धको निर्णय सच्चिनु पर्छ । नत्र हामी खेल्दैनौं ।’
अंकत दबास उत्कृष्ट खेलाडी भएको कारण उनीमाथि एक्कासी प्रतिबन्ध लगाउनु गलत भएको भन्दै काठमाडौं गोल्डेन्सले आपत्ति जनाएको छ ।
‘अंकित दिल्लीका राम्रा खेलाडी हुन् । विभिन्न उमेर समूहदेखि रंजी ट्रफि पनि खेलिसकेको खेलाडी हुन् । अब यहाँ आयोजकलाई राम्रो लागेन भने प्रतिबन्ध लगाउने कुरा त आउँदैन नि । क्लिन चित नदिइ एक्कासी कुनै पनि खेलाडीलाई प्रतिबन्ध लगाउन पाहिदैन । उनीहरुले रिपोर्ट नदिइ सिधै प्रतिबन्ध लगाइएको छ । यसमा हो हाम्रो आपत्ति’, म्यानेजर श्रेष्ठले बताए ।
यता, टेक्निकल एनलाइसिस रमन शिवकोटी भने उनको इलिगल बलिङकै कारण प्रतिबन्ध लगाइएको बताए । उनले भने, ‘खेल सुरु हुने समयसम्म हामी कुर्छौं । त्यतिन्जेल पनि खेल्नका लागि आउनु भएन भने हामी बैठक बसेर निर्णय गर्नेछौ ।’
काठमाडौं १२ बजेर ३० मिनेटसम्म खेल्नका लागि मैदानमा नआए महेन्द्रनगर फाइनलमा पुग्ने पनि उनले बताए ।
यसअघि बिहीबार काठमाडौंका अलराउन्डर अंकित दबासलाई टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलहरुका लागि बलिङमा प्रतिबन्ध लगाएको थियो । दुई खेलमा उनले बलिङ गरेको इलिगल भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया 4