Comments Add Comment

डडेल्धुरामा चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

१० फागुन, डडेल्धुरा । सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेको छ ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत गोदानले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । सोहीअनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा कार्यरत डाक्टरले पनि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

गाउँबाट उपचारको लागि अस्पतालमा पुगेका विरामीहरुले आकस्मिक बाहेकका सेवा नपाएको गुनासो गरेका छन । ‘आइतबारदेखि छोरीको विद्यालय भएकाले शुक्रवार उपचार गराउन आए तर यता त बन्द रहेछ,’ अमरगढी चामाललेकी शान्तीदेेवी तिरुवाले भनिन, ‘हामी त गाँउघरका मान्छे घरमा थुप्रै काम हुन्छ, गाइभैसी पालेका छौं, फुर्सद नै हुन्न्।’

‘दिनभर पानी परिरहेको छ, भिज्दाभिज्दै आयौं तर अब महङ्गो पैसा तीर्न मेडिकल जानुपर्ने भयो,’ उनले थपिन ।

अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरुले महङ्गो शुल्क तिरेर इमेजेन्सी वार्डमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।

अन्य दिनमा २० रुपैयाँ तिरेर ओपीडमा जाँच गराइरहेका बिरामीहरुकोे अहिले १०० रुपैयाँ तिरेर इमेरजेन्सी वार्डमा भीड नै लागेको छ । ‘अरु दिन २० रुपैयाँमा टिकट काट्थ्यौ,’ इमेरजेन्सी वार्डमा पालो पर्खिरहेकी गन्यापधुराकी शान्तीदेेवी भुलले भनिन्, ‘डाक्टरको आन्दोलले हामी गरीबलाई दुख किन ?’

यता एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको चिकित्सकको गुनासो छ । ‘चिकित्कहरुको समायोजको कुरा नमिलेकाले चिकित्सक संघले आकस्मिक बाहेक सबै सेवा बन्द गरेका छौ,’ उपक्षेत्रीय अस्पताल डडेल्धुराका सर्जन पदम नेपाली भन्छन, ‘काठमाडौंमा विभिन्न समयमा थुपै आन्दोलन भए तर सरकारले कुनै सुनवाइ गरेन ।’

चिकित्सकलाई जबरजस्ती प्रदेश र स्थानीय तहमा पठाउने कार्य भएकोले त्यसकै विरुद्धमा आन्दोलन गरेको उनले प्रष्ट्याए ।

अस्पतालमा सेवा बन्द भएपछि बिरामीहरुको बिजोग नै भएको छ । जानकारी नै नभएकाले टाढाका बिरामीहरुले इमेरजेन्सी वार्डमा जाँच गराएका छन् भने कतिपयले महङ्गो शुल्कतिरेर निजी अस्पताल र मेडिकलमा उपचार गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment