Comments Add Comment

शहीद स्मृति कपको उपाधि देशभक्तलाई

१० फागुन, बुटवल । रुपन्देहीको बुटवलमा सम्पन्न चौथौ शहीद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ को उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ ।

शुक्रबार भएको फाइनलमा सिद्धार्थ क्लब चपरहट्टीलाई २-१ गोल अन्तरले पराजित गर्दै देशभक्तले उपाधि चुमेको हो । उपाधिसँगै देशभक्तले नगद एक लाख एक हजार, मेडल, कपर प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता सिद्धार्थले नगद ५० हजार पाँचसय सहित मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा देशभक्तका वीरेन्द्र सारु उत्कृष्ट गोलरक्षक, बिनोद केवट सर्वाधिक गोलकर्ता र सिद्धार्थका अनिष गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मेडल र ट्रफीबाट पुरस्कृत भएका छन ।

शहीद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोटस एकेडेमीको सहकार्यमा रामनगर खेलमैदानमा भएको खेलमा देशभक्तको जितमा बिनोद केवलले खेलको १४ र २९ औ मिनेटमा गोल गरेको थिए ।

सिद्धार्थका आशिष थापाले खेलको २५औं मिनेटमा सान्त्वना गोल गरेका थिए । फागुन १ गतेबाट सुुरु भएको प्रतियोगितामा १० टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment