Comments Add Comment

पाकिस्तान सुपर लिग : सन्दीपले लिए तीन विकेट

१० फागुन, काठमाडौं । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट सन्दीप लामिछाने आफ्नो पहिलो खेलमै तीन विकेट लिन सफल भएका छन् ।

मुलतान सुल्तान्ससँगको खेलमा सन्दीपले तीन विकेट लिएका हुन् । निकै महंगो सावित भए पनि उनले विकेट लिन सफल भए । विष्फोटक ब्याटिङ गरेका जेम्स भिन्चलाई ८४ रनमा क्याच आउट गराए । सन्दीपको बलमा आउट हुनुपूर्व जेम्सले ४१ बलमा सात चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै, दोस्रो विकेटको रुपमा सन्दीपले सोइब मालिकलाई १० रनमा आउट गराए । तेस्रो विकेट लिने क्रममा सन्दीपले आन्ड्रे रुसेललाई सात रनमा आउट गराए ।
सन्दीपले आफ्नो चार ओभरमा ४६ रन खर्चेर तीन विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment