Comments Add Comment

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघले प्रदर्शन गर्दै

१२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । पाटी नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले प्रदर्शन गर्न लागेको हो ।

आजै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसअगाडि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनको नेतृत्व नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले गर्दैछन् । नेविसंघको नेतृत्वमा दाबीसमेत गर्दै आएका शाहले भने, ‘कांग्रेसमा आत्मीयतासहितको एकता र आत्मअनुशासन सहितको सहकार्य आवश्यक छ, मैले त्यसको लागि अभियान पनि चलाउँदै आएको छु । त्यही अभियानअन्तर्गत हामीले आज मौन प्रदर्शन गर्दैछौं ।’

पटकपटक नेपाली कांग्रेसका नेताहरूमाथी आफ्नै केन्द्रीय कार्यालयमा भएको दुर्व्यवहार रोक्न र नेताहरूले एक आपसमा आक्षेप लगाउने कार्यलाई बन्द गर्न दबाव दिन यस खालको प्रदर्शनले मद्दत मुग्ने शाहको विश्वास छ ।

मौन प्रदर्शनमा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन पनि गर्ने तयारी छ ।

११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment