+
+

कृषि विश्वविद्यालयमा १ सय जनालाई जागिरको अवसर (विज्ञापनसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते ८:२७

१२ फागुन, काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालयले अधिकृतदेखि सहायक तहका विभिन्न पदमा १ सय कर्मचारी माग गरेको छ । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि आइतबार खुला विज्ञापन आह्वान गरेको हो ।

विश्वविद्यालयले एक सूचना जारी गर्दै कृषि अधिकृतदेखि असिस्टेन्टसम्मका पदमा आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले ल्याब असिस्टेन्ट पदमा सबैभन्दा बढी १८ कर्मचारी माग गरेको छ । त्यस्तै, १७ असिस्टेन्ट, १६ ल्याब टेक्निसियन र ११ हेड असिस्टेन्टमा पनि आवेदन आह्वान गरिएको छ ।

लाइन लागेर आवेदन दिनुपर्ने बाध्यता हटाउँदै आयोगले अनलाइनबाटै फर्म भर्न सक्ने व्यवस्था मिलाएको छ । आयोगका अनुसार, आयोगको अनलाइन पोर्टलमा गएर ०७५ फागुन १२ देखि चैत १७ गतेसम्म आवेदन दिन सकिने छ । यो अवधिका छुटेका उम्मेदवारहरुले दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म आवेदन दिन सक्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?