+
+

रुपामा गण्डकीका स्थानीय तहबीच भलिबल प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते १८:५८

१२ फागुन, पोखरा । कास्कीको रुपा गाउँपालिका अन्तर्गत साविकका सबै गाविस भलिबलका लागि चर्चित थिए । गाउँ–गाउँको खेल भनेकै भलिबल थियो । ठाउँ ठाउँमा भलिबल प्रतियोगिता हुन्थे । अहिलेका राष्ट्रिय भलिबल टिमका क्याप्टेन इमबहादुर रानामगर यही ठाउँका हुन् ।

धेरै वर्ष रोकिएको प्रतियोगिता यसवर्ष सञ्चालन हुने भएको छ । रुपा गाउँपालिकाले गण्डकी प्रदेशका स्थानीय तहबीचको भलिबल प्रतियोगिता आयोजना गरेको छ । ‘पहिले क्लबले गाउँ–गाउँ र वडाले भलिबल प्रतियोगिता गर्थे ।

खेल क्षेत्रमा विशेष काम गर्नुपर्छ भनेर स्थानीय तहले नै यसपाली प्रतियोगिताको आयोजना गरेको हो,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘गण्डकीका स्थानीय तहबीचको प्रतियोगिताले भलिबलको विकासमात्रै गर्दैन् । पर्यटन र आर्थिक गतिविधिमा पनि टेवा पु¥याउने छ ।’

गाउँपालिकाले फागुन २४ गतेदेखि अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । भलिबल प्रतियोगिताका लागि रुपाले गण्डकीका ८५ वटै स्थानीय तहलाई पत्र पठाइसकेको छ भने आइतबार रुपाताल किनारबाट सबै स्थानीय तहलाई सहभागिताका लागि आह्वान पनि गरेको छ । ४० टिमसम्मको सहभागिता रहने अपेक्षा रुपाले गरेको छ ।

हिजोको भलिबलको उर्वरभूमिलाई चिनाउने र भलिबललाई अझ उचाइमा पु¥याउने उद्देश्यसहित प्रतियोगिता राखिएको अध्यक्ष ओझाले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टीमले एक लाख रुपैयाँ, दोस्रो हुनेले ७० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट ब्लबकर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्लेयरका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । रुपा–६ भीरचोकको खेलमैदानमा हुने प्रतियोगितामा नाम दर्ता खुला गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन फागुन २० गतेभित्र ५ हजार रुपैयाँ शुल्कसहित नाम दर्ता गराउनुपर्नेछ । एक स्थानीय तहबाट एक टिमलेमात्र सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । नकआउटका आधारमा हुने भलिबल प्रतियोगिताका सेमिफाइनलबाट आयोजकले नै खाने–बस्ने व्यवस्था मिलाउने गाउँपालिकाले अध्यक्ष ओझाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगिता २७ गतेसम्म चल्ने छ । गाउँपालिका स्थानीय दिवसको अवसरमा समापन हुने कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने छन् ।

स्थानीय दिवसका अवसरमा ५ वडाबाट ५ जातजातिका झाँकी प्रदर्शन गरिने छ । मगर, दलित, कुमाल, ठकुरी, गुरुङ र मुस्लिमको एक–एक झाँकी प्रदर्शन हुने छ भने अन्य जातजातिका भेषभूषा र साँस्कृतिक झाँकी पनि प्रदर्शन हुने अध्यक्ष ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?