+
+

आरती स्ट्रीप्स सातौं धरान रन फागुन २५ गते

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते २०:०१

१२ फागुन, काठमाडौं । आगामी फागुन २५ गते आरती स्ट्रीप्स धरान १० किमी रनको तयारी सुरु गरिएको छ।

नेपालकै धेरै धावक धाविका सहभागी हुने बृहत च्यारेटी रन सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ प्रारम्भ भएको हो। धरान ८ स्थित यलम्बर सामुदायिक पार्कबाट दौड सुरु भएर तीनकुनेस्थित श्रीजंगा शालिक परिक्रमा गर्दै पुनः पार्कमा आएर दौड टुंगाउने गरिन्छ।

च्यारेटी रन संस्थापक सन्तोष राईकी सुपुत्री नेवा राईको हाईड्रोक्याफलस अर्थात टाउकोमा पानी जम्ने रोग लागे पछि छोरीकाे नामबाट स्थापित ‘नेवा च्यारेटी रन’ नामकरण गरी सुरु भएकाे याे रन प्रत्येक बर्ष आयोजना गरिन्छ।

यो दौड प्रतियोगिताका सहभागीबाट लिइने दर्ता शुल्कबाट खर्च कटाएर बचेको रकम बर्सेनि सेवामा खर्च भइरहेको छ। सुरुमा २७ जनाबाट सुरु भएकाेमा यो वर्ष ५ हजारलाई दौडाउने लक्ष्य छ ।

प्रथम संस्करणबाट संकलित रकम शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ धरान रनले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको थियो। यस कोषमा किरात राई यायोक्खा सुनसरीले रकम थप गरेर ४ लाख पुर्याइदिएको छ।

यस्तै, दोस्रो संस्करणबाट बचेको रकमले संक्रमित दुव्र्यसनी महिलाहरुको निम्ति दृष्टि नेपाल संस्थाको ह्यापी होमका लागि एक लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो। तेस्रो संस्करणबाट धरान पोजिटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि धरान रनले २ लाख ५० हजार प्रदान गर्यो। चौथो संस्करणबाट एकल महिला समूहको छहारी निर्माण, मुटु रोगी मिठु कटवाल, मृगौला रोगी प्रमिला बिक, क्यान्सरपीडित बालक नवीन बिक, अशक्त टेकबहादुर तामाङलाई गरी कुल दुई लाख सहयोग गरेको थियो। पाँचौँ र छैटौ संस्करणमा उठेको ६ लाख बाट धरान रनले ‘नेवा च्यारिटी एजुकेसन फन्ड’ स्थापना गरिएको अध्यक्ष रमु राईले बताए।

हाल यस अक्षय कोषबाट सामुदायिक विद्यालयका १७ जना बिधार्थीले छात्रवृति सहयोग पाइरहेको छ । उनीहरुको भर्ना एवं वार्षिक शुल्क, शैक्षिक सामग्री, पोशाकलगायत सबै खर्च फन्डले उपलब्ध गराइरहेको छ।

यहाँ स्वस्फूर्त रुपमा स्वयंसेवा गर्न सय जना युवा जोडिएका छन्। धरानमा हुने अधिकांश सामाजिक, खेलकुद, रक्तदान, सरसफाई , चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय सहभागिता रहन्छ। धरान रनसँग नेपालको सबैभन्दा ठुलो स्टील कम्पनी आरती स्ट्रीप्स प्रा.लीले साथ दिएको छ शीर्ष स्थानमा भने यति फलोरिङ्ग, नेपाल टेलिकम, प्रभु बैंक लगायतको साथ छ। यस कार्यक्रमको आयोजक नेवा च्यारिटी धरान तथा व्यवस्थापन कि इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?