+
+

सुनुवाई समितिको बैठकमा उपस्थित हुन नेकपाको ‘ह्वीप’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते १६:५९

१३ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनुवाई समितिको मंगलबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सासदहरुलाई आग्रह गरेको छ ।

आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप’लगाएको हो । कोरम नपुगेर बैठकै नबस्ने अवस्था आएपछि सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको नेकपा एक नेताले बताए ।

मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ । नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १/१ जना सांसद सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?