+
+
Shares

शिक्षा नीति नफेरिए शैक्षिक प्रमाणपत्र बिक्दैनन् : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते १८:१८

१३ फागुन, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले शिक्षा नीति नफेरिए विद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने काराखाना बन्ने बताएका छन् ।

सोमबार मुसिकोट नगरपालिका-७ वामीमा रहेको महेन्द्र आदर्श माध्यामिक विद्यालयको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले टोलटोलमा विद्यालय प्रमाणपत्र नबिकेको बताए ।

उनले दुनियाँ बदल्ने महत्पूर्ण आधार शिक्षा भएकाले नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले हिजो आँखा चिम्लेर टोलटोलमा बाँडिएका विद्यालय र अवैज्ञानिक र अव्यावहारिक शिक्षाको कारण देशले यो संकट भोगिरहेको मन्त्री बिष्टको भनाइ छ । ‘युवा विदेश पलायन भैरहेका छन्,’ उनले भने, ‘देशमा रोजगारी खोल्दा दरबन्दी पूरा हुँदैन्, ।’

मन्त्री बिष्टले देशमा ७५३ स्थानीय तहको लागि माग भएका रोजगार संयोजकको दरबन्दीमा करिव ५०० जना मात्रै उत्तीर्ण भएको बताए ।

२०१६ सालमा स्थापना भएको विद्यालयले इन्जिनियरिङसहितको प्राविधिक शिक्षा सञ्चालनको उद्धेश्यले हिरक महोत्सवकै अवसर पारी महायज्ञसमेत आयोजना गरेको छ । ‘सीपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्बसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ ।

एकै व्यक्तिबाट ५५ लाख सहयोग

महोत्सव सुरु भएकै दिनसम्म तीन करोडको बोल भैसकेको महोत्सव सचिवालयले जनाएको छ ।

महोत्सवमा एकजना व्यक्तिले ५५ लाख दान गरेका छन् ।  महेन्द्र आदर्श मावि विद्यालय व्यावस्थापन समिति अध्यक्ष भुवन केसीले ५५ लाख बिद्यालयलाई प्रदान गरेका हुन् । सोही स्थानका लेखनाथ सापकोटाले पाँच लाख ५५ हजार पाँच सय ५५ र तीन लाख माथि सहयोग गर्ने पनि धेरै रहेका छन् ।

महायज्ञमा हालसम्म झण्डै ४ सय जना भन्दा बढी दानवीरहरुले सहयोग रकम बोल गरेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?