+
+
Shares

विपद्का घटनालाई इन्जिनियरिङका दृष्टिले पनि अध्ययन गर्नुपर्छ : बिजुक्छे

उनले भने, ‘हाम्रो इन्जिनियरिङमै त्रुटि भयो कि, सरकारको गम्भीरता नपुगेका कारण यस्तो भइरहेको छ कि ! सबै विषयमा गम्भीर अध्ययन हुनुपर्छ ।’

रासस रासस
२०८३ असोज १ गते १८:०७

१ असोज, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न प्राकृतिक विपद्बाट ठूलो क्षति बेहोर्नुपरेको बताएका छन् । बिहीबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको शैक्षिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष बिजुक्छेले भोटेकोशी बाढी तथा कृष्णभिर र मेलम्ची क्षेत्रमा भएका विपद्का घटनाले पूर्वाधार निर्माण, वातावरण र विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा थप अध्ययन आवश्यक भएको बताए ।

‘विपद्का घटनालाई केवल प्राकृतिक विपद्का रूपमा हेर्न हुँदैन, यो इन्जिनियरिङसँग सम्बन्धित विषय हो,’ उनले भने, ‘हाम्रो इन्जिनियरिङमै त्रुटि भयो कि, सरकारको गम्भीरता नपुगेका कारण यस्तो भइरहेको छ कि ! सबै विषयमा गम्भीर अध्ययन हुनुपर्छ ।’

उनले भक्तपुरलाई ‘टेस्ट ट्युब’अर्थात् नयाँ अभ्यास र प्रयोगका लागि उपयुक्त स्थानका रूपमा विकास गर्न खोजिरहेको बताउँदै सानो भूगोल, तुलनात्मक रूपमा कम जटिलता र राजधानी काठमाडौँसँगको निकटताका कारण नयाँ योजना तथा अभ्यास सञ्चालन गर्न भक्तपुरमा सहज वातावरण रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?