Comments Add Comment

तिलोत्तमा गोल्डकप जितेसँगै उपाधिमा डल्फिन्सको ह्याट्रिक

बुटवल । नेपाल पुलिसलाई सडेन डेथमा स्तब्ध पार्दै क्यामरुनी टोली डफिन्स एफसीले तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा डल्फिन्सले पुलिसलाई सडेन डेथमा ६-५ गोल अन्तरले हरायो । यो जितसँगै डफिन्सले यो सिजन नकआउट प्रतियोगिताको उपाधिमा ह्याटि्रक गरेको छ ।

यसअघि क्यामरुनी टोलीले पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरमा धकेलियो । ट्राइब्रेकरमा दुबै टिमले समान ५-५ गोल गरे तर, सडेनडेथमा पुलिसका तेज तामाङको प्रहारलाई डल्फिन्सका गोलरक्षकले रोके ।

च्याम्पियन डल्फिन्सले ८ लाख ८० हजार पाएको छ भने उपविजेता पुलिसले ५ लाख ५० हजार रूपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक रुपन्देही ११ का आशिष गुरुङ बने । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।

यस्तै रवि पासवान उत्कृष्ट फवार्ड, हेम तामाङ उत्कृष्ट मिडफिल्डर, विक्रम धिमाल उत्कृष्ट डिफेण्डर र अनन्त थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । डफिन्सका प्रिसो उत्कृष्ट गोलरक्षक घोषित भए ।

सबैले नगद २५ हजार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment