Comments Add Comment

प्रहरी विद्यालयको बस दुर्घटनामा घाइते बालिकाको मृत्यु

१५ फागुन, रौतहट । प्रहरी विद्यालयको बस दुर्घटना हुँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ ।

नेपाल पुलिस स्कुल गरुडाको बा१ग २१७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना३ख ७४१८ नम्बरको उखु बोकेको ट्रक मंगलबार गरुडा-८ जिंगडियास्थित सिवानीमा ठोक्किदा ११ जना घाइते भएका थिए ।

घाइते मध्ये ४ वर्षीया क्यारोलिना राईको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । क्यारोलिना सोही विद्यालयमा कार्यरत प्रहरी जवान सुवास राईकी छोरी हुन् ।

घाइते भएका सुलोक राय राउत, आरएन रस्तोगी, युवराज पटेल तथा बस चालक डम्बर बि.क र बसमै रहेका प्रहरी जवान विष्णुमाया स्याङ्तान पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थीहरु कृतिका रन्जन, सौगात सारु, कोमल रस्तोगी, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा, ट्रकका चालक बारा निजगढका प्रहृलाद थपलिया सामान्य घाइते छन् ।

दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment