Comments Add Comment

बिरामी ठग्दै गोरखा अस्पतालको फार्मेसी, तोकिएको भन्दा बढी मूल्य असुल

१५ फागुन, गोरखा । जिल्ला अस्पताल गोरखाले सञ्चालन गरेको फार्मेसीले तोकिएको मूल्य भन्दा बढीमा औषधि बिक्री गर्ने गरेको खुलासा भएको छ ।

केही दिनअघि औषधि किन्न पुगेका एक बिरामीलाई फार्मेसीले एउटै औषधिमा ८२ रुपैयाँ बढी मूल्य लिएको भेटिएपछि बिरामी ठगिने गरेको पुष्टि भएको हो ।

उनले ट्राइकोन एम्पीएस् जेल नामक औषधि किनेका थिए । औषधिको मूल्य १३७ रुपैयाँ प्रष्ट लेखिए पनि फार्मेसीले भारतीय आइसी मूल्य भन्दै २१९ रुपैयाँ असुल गरेको थियो । ‘यो त एउटा उदाहरण मात्र हो,’ स्रोत भन्छ, ‘अन्य औषधिमा पनि बिरामीहरु ठगिदै आएका छन् ।’

सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उदेश्यले अस्पतालमा फार्मेसी सञ्चालन गरिएको हो । तर, त्यही फार्मेसीले महँगो रकम असुल गर्न थालेपछि बिरामीहरु मार्कामा परेका छन् ।

अस्पतालको फार्मेसीमा सिमित औषधि मात्र राख्ने गरेको गुनासो बिरामीहरुको छ । ‘अस्पतालमा फार्मेसी छ भनेर के काम, अधिकांश औषधि यहाँ नपाएर बाहिर मेडिकलबाटै किन्नुपर्छ,’ अस्पतालमा उपचार गर्न आएका एक बिरामीले भने ।

अन्य मेडिकल भन्दा केही कम मूल्यमा फार्मेसीबाट औषधि उपलब्ध गराउँदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी बताउँछन् । तर, त्यही फार्मेसीबाट बिरामी ठगिदासमेत उनले चासो दिएका छैनन् ।

महँगो रकम असुल गरेको बिषयमा एउटा औषधिमा भुलवश गल्ती भएको स्वीकार गर्दै उनी पन्छिन खोजे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment