Comments Add Comment

हेटौंडाको महोत्सवमा ५१ फिटको राष्ट्रिय झण्डा

११ दिने मेलामा ५ करोडको कारोवार हुने

१५ फागुन, हेटौंडा । बिहीबारदेखि हेटौंडामा सुरु हुने राष्ट्रिय औधोगिक व्यापार मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइने भएको छ । मेलामा राष्ट्रिय झण्डा फहराउन मकवानपुर उद्योग बाणिज्य संघले सबै तयारी पूरा गरेको जनाएको छ ।

११ दिनसम्म सञ्चालन हुने मेला अबधिभर रहने गरी मेला स्थलको बीच भागमा भण्डा फहराइनेछ । राष्ट्रप्रति सम्मान जनाउँदै मेलाको आकर्षणको रुपमा राष्ट्रिय झण्डा फहराउन लागिएको संघले जानकारी दिएको छ । यो झण्डा हालसम्मकै ठूलो भएको संघको दावी छ ।

यस्तै, मेलाको सबै तयारी पूरा भएको छ । मेलामा ४४० वटा स्टल रहने आयोजकले जनाएको छ । हेटौंडा-५ क्याम्पडाँडा मैदानमा हुने मेलालाई उपलब्धी मुलक बनाउनका लागि संघले सबैखाले तयारी गरेको अध्यक्ष कृष्ण कटुवालले बताए ।

पाँच लाख दर्शकले अबलोकन गर्ने अनुमान गरिएको मेलामा पाँच करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष कटुवालका अनुसार मेलाबाट एक करोड ३० लाख रुपैयाँ कोषका लागि रहने छ । मेलामा हरेक ठाउँमा रहने बिभिन्न प्रकारका स्टल बाहेक हरेक दिन बिशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । शिबिरमा निःशुल्क औषधि पनि बितरण गरिने आयोजकले जानकारी दिएको छ ।

मेलामा स्वीस सरकारले राजा महेन्द्रलाई उपहार दिएको गाडी, बोटिङ, घोडचडी, मत्स्य विकास केन्द्र हेटौंडाले उत्पादन गरेको फ्रेस माछा, मौलिक सस्कृति झल्कने पञ्चेबाजा प्रतियोगिता, बाल उद्यानलगायत राखिने छ ।

मेला अवलोकनका लागि सर्बसाधारणलाई ५० र विद्यार्थीलाई ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने घोडचढी, बोटिङ र बालउद्यानका लागि फरक शुल्क लाग्ने छ ।

हेटौंडा बजार क्षेत्रबाट केही बाहिर मेला सञ्चालन गरिएकाले आयोजकले हेटौंडा बजारबाट मेला स्थलसम्म जानका लागि निःशुल्क यातायातको व्यवस्था गरेको छ । अटोमा पनि न्युतम ३० रुपैयाँ भाडादर कायम गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment