Comments Add Comment

हेलिकोप्टर दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाद्वारा दुख व्यक्त

विवेकशील नेपालीद्वारा पनि दुख व्यक्त

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुख व्यक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुनेगरी दुर्घटना भएकोमा पार्टीलाई धेरै दुख लागेको अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

‘मन्त्री अधिकारी सहित मृत्यु हुनेहरुप्रति राष्ट्रिय जनमोर्चाले हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछ’ जनमोर्चाले भनेको छ ।

विवेकशील नेपालीद्वारा पनि दुख व्यक्त

त्यस्तै विवेकशील नेपाली पार्टीले पनि घटनाप्रति दुख व्यक्त गरेको छ । प्रवक्ता मिलन पाण्डेले विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।

‘यसरी बारम्बार भइरहने हवाई दुर्घटनालाई न्यून गरी नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन गम्भीरतापूर्वक आवश्यक कदम तुरुन्तै चाल्न नेपाल सरकारलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment