Comments Add Comment

४ वटा शव सुकेटार विमानस्थलमा

१५ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शबमध्ये ४ वटा सुकेटार विमानस्थलमा ल्याइएको छ ।

त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अरु तीन वटा शब पनि रातिसम्म सुकटारमा ल्याई सकिनेछ । त्यसका लागि गाडीकै प्रयोग गरिने उनले बताए ।

‘राति शब ल्याउन सम्भव नहोला जस्तो छ, हामी अवस्था हेर्दैछौं,’ उनले भने,’सुकेटारमा शब संकलन भएपछि अवस्था हेरेर निर्णय लिइनेछ ।’

उनले सम्भवतः विहान सबेरै शब ल्याइने बताए । दुर्घटनास्थलमा हिमपात भइरहेकाले शब ल्याउन समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment