Comments Add Comment

प्रधानमन्त्रीले भने–परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु

१६ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई गुमाउनुपर्दा आफूले परिवारका सदस्य झैं असैह्य पीडा महसुस गरेको बताएका छन् । ओलीले आधिकारिक फेसबुक पेजमार्फत आफ्नो पीडा व्यक्त गरेका हुन् ।

मन्त्री तथा नेकपाका युवा नेता अधिकारी र सफल व्यवसायी शेर्पा समृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पार्ने सारथी थिए भन्दै ओलीले सारथीकै रुपमा तेह्रथुमको चुहान डाँडामा नयाँ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको उल्लेख गरेका छन् ।

ओलीले भनेका छन्–यस दुघृटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । सरकार साथमा छ,हामी सबै साथ साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment