+
+

हिमालय टेलिभिजनको ‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १९:३०

१६ फागुन, काठमाडौं । पूर्वाधार विकाशका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न नेपालमा पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ ।

हिमालय टेलिभिजनको आयोजना र फ्याक्ट नेपालको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो । पूर्वाधार विकास राष्ट्रिय प्राथमिकताका भएको सन्दर्भमा यो क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई पुरस्कृत गरी पूर्वाधार विकाशलाई प्रोत्साहित गर्न अवार्ड आयोजना गर्न लागिएको हिमालय टेलिभिजनले जनाएको छ ।

‘पूर्वाधार निर्माण भन्नासाथ हाम्रो दिमाखमा समयमै आयोजना सम्पन्न नहुने र गुणस्तरीय नहुने भन्ने तस्वीर आउँछ’ टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले भने-‘तर, निर्माण क्षेत्रमा नराम्रोमात्र छैन, थोरै भए पनि राम्रा काम भएका छन्, ती कार्यलाई पुरस्कृत गर्ने हाम्रो सोच हो ।’

यो अवार्डले नेपाली निर्माण क्षेत्रमा भइरहेका उदाहरणीय कार्यहरुको पहिचान गरी त्यसमा संलग्न निर्माण कम्पनी, ब्यक्तित्व एवं परियोजनाहरुलाई सम्मान गर्ने छ ।

उदाहरणीय कार्य गरिरहेका कम्पनी तथा परियोजनाको पहिचान र सम्मानबाटै बाँकीलाई राम्रो कार्यका लागि प्रेरित गर्न सक्छौं र यो क्षेत्रलाई सम्मानित बनाउन सक्छौं भन्ने विश्वासका साथ अवार्ड आयोजना गर्न लागिएको भुसालले बताए ।

‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ बिभिन्न सातवटा बिधामा प्रदान गरिने छ । प्रत्येक बिधामा पाँचवटा प्रतिस्पर्धीको छनौट गरी तीमध्ये एउटालाई निर्णायकको मतअनुसार अवार्ड प्रदान गरिने छ ।


बेस्ट नेशनल प्राइड प्रजेक्ट, बेस्ट पब्लिक पर्पोज प्रोजेक्ट, बेस्ट प्राइभेट पर्पोज प्रोजेक्ट, बेस्ट हाउजिङ एन्ड रेसिडेन्सनल प्रोजेक्ट, पपुलर प्रोजेक्ट अफ द एयर, बेस्ट स्मल स्केल प्रोजेक्ट तथा लाइफ टाइम अचिभमेन्ट गरी ७ विधामा अवार्ड प्रदान गरिनेछ।

पपुलर प्रोजेक्ट अफ दि इयर अवार्ड भने जनताको मतमार्फत् छनौट गरिने छ । यसका लागि सोसल मिडिया र एसएमएसमार्फत् मत दिन सकिने छ । यस्तै पूर्वाधार विकासको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका ब्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

अवार्डका दावेवार परियोजनाको छनोटका लागि अनुसन्धान संस्था ‘फ्याक्ट’लाई अनुबन्ध गरिएको छ । हालसम्म निर्माण सम्पन्न भएका उदाहरणीय परियोजना तथा कम्पनीबारे स्वतन्त्र ढंगले अनुसन्धान गरी फ्याक्टले अवार्डका दावेदारहरुको छनौट गर्ने छ । यसैगरी यो क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको निणर्ायकमण्डलले अवार्ड बिजेताको छनौट गर्ने छ ।

बैशाख दोस्रो साता अवार्ड बितरण गर्ने हाम्रो लक्ष्यसहित काम भइरहेको फ्याक्टले जनाएको छ । जसलाई हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । हिमालय टेलिभिजनले यस अगाडी नेपाली पूर्वाधार बिकाश र सम्बृद्धिमा केन्दि्रत रहेर ‘नेपाल निर्माण’ कन्क्लेभ आयोजना गरिसकेको छ र यही बर्ष हामी नेपाल निर्माणको चौथो संस्करण आयोजना गर्दैछ ।

यो अवार्ड नेपाल निर्माणकै ब्यानरमा आयोजना गर्न लागिएको छ र त्यही कन्क्लेभको एउटा हिस्साका रुपमा हामीले हरेक बर्ष इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड आयोजना गरिने टेलिभिजनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?