+
+

विश्व वरीयतामा पारसको दुई स्थान सुधार

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते ७:५३

१७ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा दुई स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयताको अलराउण्डरतर्फ कप्तान पारस खड्का ३८औं स्थानमा उक्लन सफल भएका छन् । अखिल्लो महिना कप्तान पारस ४०औं स्थानमा थिए ।

कप्तान पारसले भारतका रोहित शर्मा, इंग्ल्यान्डका जोइ रुट, मोइन अली, बेन स्टोक्स जस्ता खेलाडीलाई पछि पारेका छन् । ब्याटिङतर्फ पारस ९२औं स्थानमा छन् ।

त्यस्तै अलराउण्डरतर्फ सोमपाल कामी ५० औं स्थानमा रहेका छन् । उनी यसअघि ५१ औं स्थानमा थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?