Comments Add Comment

रवीन्द्र अधिकारीसँगै बसिरहेको छु जस्तो लाग्छ : राजपा नेता कर्ण

Photo Credit : फाइल तस्वीर

१७ फागुन, काठमाडौं । राजपा नेता लक्ष्मणलाल कर्णले दिवंगत नेता रवीन्द्र अधिकारी अहिले पनि आफूसँगै बसिरहेको जस्तो लागिरहेको बताएका छन् । उनले अधिकारीको निधनले देशले कर्मठ नेता गुमाएको बताए ।

श्रद्धाञ्जली अर्पण गर्न टुँडिखेल पुगेका नेता कर्णले सञ्चारकर्मीहरुसँग भने, ‘म उहाँसँग एकपटक पोखरा गएको थिएँ । अहिले पनि सम्झिँदा म त सँगै बसिरहेको छु जस्तो लाग्छ ।’

उनले भने, ‘उहाँको सामाजिक क्षेत्रमा योगदान ठूलो छ । त्यही भएर पटक–पटक संसदमा आउनु भएको छ, जनताले विश्वास गरेका छन् । ज्यादै उदार व्यक्ति हुनुहुन्थ्यो, एउटा कर्मठ व्यक्ति देशले गुमायो ।’

अधिकारी विकास समितिको सभापति हुँदा आफूले नजिकबाट संगत गर्ने अवसर पाएको उनले स्मरण गरे । ‘मैले उहाँसँग नजिक भएर काम गरेको छु । उहाँले पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने ठाउँ देखाउनु भयो । अहिले पर्यटन क्षेत्रमा ठूलो प्रगति भएको छ । उहाँ कर्मठ र देशको लागि केही होस् भनेर हमेसा तत्पर हुनुहुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment