Comments Add Comment

‘जात्रै जात्रा’मा करिश्मा, निश्चल, सारा, विपिन र बर्षाको छमछमी

चलचित्र ‘जात्रै जात्रा’को हाल एक गीतको छायांकन भैरहेको छ । काठमाण्डौको नर्लिङ रिसोर्टमा बिहेको सेट लगाएर यो चलचित्रको गीतको छायांकन गरिएको हो । ‘माया पिरिम’ बोलको गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर, लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ ।

गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् भने चलचित्रमा शिवराम श्रेष्ठको छायांकन छ । यो चलचित्रको अहिलेसम्म प्रदर्शन मिति भने तय गरिएको छैन । प्रदिप भट्टराइले निर्देशन गरिरहेको चलचित्रलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् ।

चलचित्र ‘जात्रै जात्रा’को यो गीतमा निर्देशक तथा कलाकार निश्चल बस्नेत, नायिका करिश्मा मानन्धर र सारा सिर्पालीलाई अतिथी कलाकारको रुपमा देख्न सकिन्छ । एक बिहेमा सेलिब्रिटीहरुको समेत उपस्थित भएको समयमा यो गीत चलचित्रमा देख्न सकिनेछ ।

यो गीतमा चलचित्रका मुख्यकलाकार विपिन कार्की र बर्षा राउतलाई पनि देख्न सकिनेछ । साथमा, चलचित्रका अर्का कलाकार रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ । यो चलचित्र ‘जात्रा’को सिक्वेल हो । नायिका करिश्मा मानन्धरको अगाडि केही डर लागेको नायिका बर्षा राउतले बताइन् । यस्तै, नायिका करिश्मा मानन्धरले गीत मनपरेको र चलचित्रको एउटा सदस्य बन्न पाउँदा खुशी लागेकाले आफूले यो गीतमा काम गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment