+
+

कर्मचारी समायोजनले द्वन्द्वको खतरा : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १८:४२

१७ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी समायोजनका कारण मुलुकमा द्वन्द्वको खतरा रहेको बताएका छन् ।

कर्मचारी समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई दोस्रो दर्जाको व्यवहार हुनुले द्वन्द्वको खतरा देखिएको बताएका हुन् । डिप्लोमा इन्जिनियर्स एशोसिएन नेपाल प्रदेश २ को पहिलो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले  त्यस्ता कामलाई अविलम्ब सच्याउन संघीय सरकारसँग माग गरे ।

मुलुकको विकास निर्माणमा डिप्लोमा इन्जिनियरहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै राउतले विकास निर्माणको लागि इमान्दार हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?