+
+
Shares

राष्ट्रियसभा बैठक दुई दिन सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १९ गते १२:३९

१९ फागुन, काठमाडौं । राष्ट्रियसभाको आज मध्यान्ह एक बजेका लागि निर्धारित बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दुई बजेका लागि सारिएको हो ।

संसद सचिवालयद्वारा प्रकाशित सूचनामा विशेष कारणवश बैठक सार्नु परेको उल्लेख छ ।

बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विधान व्यवस्थापन समितिको प्रतिवेदन छलफलका लागि र राहदानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम थियो ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?