Comments Add Comment

५ करोड लगानीमा चितवनमा ‘अटो गार्डेन’

१९ फागुन, चितवन । चितवनको भरतपुरमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने गरी अटो गार्डेन प्रालि सञ्चालनमा आउने भएको छ । करीव १५ कठ्ठा जग्गामा भरतपुर १२ मिलनचोकमा अटो गार्डेन सञ्चालनको तयारी भैरहेको हो ।

पाँच करोडको लगानीमा खुल्न लागेको गार्डेनका लागि केही मेसिनहरु विदेशबाट आउनु पर्ने भएकाले बाँकी ३० प्रतिशत काम चैत महिनाभित्र सकिने र नयाँ वर्षको अवसर पारेर उदघाटन गरिने अटो प्रा.लि.का संचालक विनय झाले जानकारी दिए । अटो गार्डेनमा झासँगै सुरेन्द्र पाठक र दिनेश पण्डितको लगानी छ ।

चार महिनाअघि भौतिक कार्यको थालनी भएको गार्डेनको ७० प्रतिशत काम सम्पन्न भइसकेको झाले बताए । अटो गार्डेनमा अटोमेटिक मेसिनमार्फत प्युरीफाई पानीद्वारा वास गर्ने, अत्याधुनिक प्रविधिमार्फत सर्भिसिङ, डेन्टपेन्ट, थ्रीडी प्रविधिद्वारा हृवील अलाइनमेन्ट, हृवील ब्यालेन्सर, नाइट्रोजन फिलिङ, टायर चेन्जरलगायतका काम गरिने छ । थ्रीडी प्रविधिद्वारा हृवील अलाइमेन्ट नेपालमा नै पहिलोपटक आफूहरुले प्रयोगमा ल्याएको झाले दाबी गरे ।

निकट भविष्यमा गार्डेनभित्रै क्याफेसमेत सञ्चालन गर्ने लक्ष्य लिइएको सञ्चालक झाको भनाइ छ । चारजना मेकानिकल इन्जिनियर रहने अटो गार्डेनमा ३० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने सञ्चालकको दावी छ ।

शुभारम्भको अवसरमा चैत महिनाभर १० प्रतिशत छुट दिने तयारी गरेको छ । जिल्लामा कार तथा जिप चढ्नेको संख्या बढेसँगै स्तरीय मर्मत सम्भार एकै थलोबाट दिने गरी चितवनमै पहिलोपटक अत्याधुनिक मेसिन ल्याई अटो गार्डेन सञ्चालन गर्न लागिएको अर्का सञ्चालक सुरेन्द्र पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment