Comments Add Comment

पर्यटन व्यवसायी शेर्पाको टेकुघाटमा अन्त्येष्टि

१९ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ ।

उनको वौद्ध परम्पराअनुसार काठमाडौंको टेकुघाटमा अन्त्येष्टि गरिएको हो । हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ ।

हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुलाई शुक्रबार टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि शेर्पाको शव परिवारले आफ्नो निवास बालुवाटारतर्फ लगेका थिए । वौद्ध परम्पराअनुसार लामाले निर्धारण गरेको समयमा शेर्पाको अन्त्येष्टि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment