Comments Add Comment

मुलुक विखण्डनको गतिविधि हुँदा पनि सरकार नदेखेजस्तो गर्छ : कमल थापा

१९ फागुन, जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको गतिविधि हुँदा पनि सरकार थाहा नपाएजस्तो गरी बस्नु दुर्भाग्यपूर्ण  भएको बताएका छन् ।

आइतबार जनकपुरको जानकी मन्दिर परिसरमा पत्रकारसँग कुरा गर्दै उनले पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएको भन्दै दुख व्यक्त गरे ।

म यही भूमिबाट प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्दछु कि नेपालमा पहिलोपटक राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्’  उनले भने, ‘विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस् ।’

अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसंग माग गरेका छन् । देशको सिमानाको रक्षामा मधेशका जनताले पहरेदारको काम गरिरहेको उल्लेख गर्दै उनले विखण्डनको बीउ रोप्न खोज्नेले भने छुट पाउन नहुने बताए ।

राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ । यात्राको पाचौं दिन रामजानकी मन्दिरमा पूजाअर्चना र धार्मिक अनुष्ठान गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment