Comments Add Comment

लागूऔषधसहित ४ जना पक्राउ

१९ फागुन, महोत्तरी । महोत्तरीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

गौशाला नगरपालिका ३ का सन्तोषकुमार यादव, बर्दिवास नगरपालिका २ का दीपक महतो, नवलपरासी नवलपुर मध्यविन्दु नगरपालिका १ का विकासबहादुर क्षेत्री र चितवन चित्रवन नगरपालिका १८ का सुशील पाण्डे पक्राउ परेका हुन् ।

यादव र महतोलाई महोत्तरीको सम्सी नाकाबाट र क्षेत्री र पाण्डेलाई भिठामोड नाकाबाट लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल सम्सीतर्फ आईरहेको बा.५६ प.३८१९ नम्बरको स्कुटी चालक यादव र सो स्कुटीमा सवार महतोको साथबाट एक्सपोलन सिरप १५ बोतल र नाइट्रोभ्याट ७५ पिस बरामद भएको छ । नवलपरासी र चितवनबाट आएका दुई युवाहरु क्षेत्री र पाण्डेको साथबाट नाइट्रोभेट ३ सय ट्यावलेट, निट्रोसन चालिस ट्यावलेट, कोरेक्स १ बोतल बरामद भएको छ ।

प्रहरी अनसन्धानको क्रममा क्षेत्री र पाण्डे सेवन कर्ता भएको प्रहरीको भनाइ छ । पक्राउ गरिएकाहरुलाई लागु औषध शीर्षकमा मुद्धा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य जारी भइरहेको डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

जिल्लाको सम्सी नाका र भिठामोड नाकामा लागुपदार्थ सेवनकर्ता र कारोबारीहरु दिनहुँ जसो भिड लाग्ने गरेको त्यस क्षेत्रका स्थानीय बासिन्दाहरुको भनाइ छ । उक्त दुई नाकामा देशको विभिन्न स्थानबाट लागुपदार्थ सेवनकर्ताहरु आउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यीनै दुई नाका र अन्य छोटी नाका भएर लागुपदार्थ समेत विभिन्न क्षेत्रमा ओसारपसार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment