Comments Add Comment

गुल्मीमा प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

२० फागुन, गुल्मी । गुल्मीमा प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सव एबम ब्यापार मेला २०७५ हुने भएको छ ।
आइतवार गुल्मी सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी चेम्बर अफ कर्मस गुल्मीले आगामी चैत २२ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको हो ।

जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारिकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्‍याउने उद्धेेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मसका अध्यक्ष युवराज न्यौपाने बताए ।

महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउलगायतका अरू कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइने गरी महोत्सवको आयोजना गरिएको उपाध्यक्ष हिमाल श्रेष्ठले बताए ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाति बिशेष रहेका खाना परिकारहरु, बिभिन्न संस्कृति झल्किने झाँकीहरु पनि प्रर्दशन गरिने भएको अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचारप्रसार महत्वपूर्ण उद्धेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए ।

जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलहरुको उचितप्रचार प्रसार नभएकाले यसको प्रचार प्रसारगरि जिल्लाको पर्यटन र धार्मिक धरोहरलाई प्रबर्द्धन गर्नका निम्ति महोत्सवले टेवा पुर्‍याउने महासचिव भण्डारीले बताए ।

महोत्सब सम्पन्न गर्नका लागि जिल्लाबासी सबैसँग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष न्यौपानेले बताए ।

महोत्सव सम्पन्न गर्न केही दिनमै बिभिन्न उप समितिहरुसँगै अन्य कामलाई बिभिन्न निकायसँग छलफल गरेर अगाडि बढ्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।

मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि आदा दर्जन सहयोगी संस्थाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment