+

करण केसीको इनिङ बन्यो मोमेन्ट अफ द इयर

२०७५ फागुन  २१ गते १६:०४ २०७५ फागुन २१ गते १६:०४
करण केसीको इनिङ बन्यो मोमेन्ट अफ द इयर

२१ फागुन, काठमाडौं । करण केसीले क्यानडाविरुद्ध खेलेको इनिङ मोमेन्ट अफ इयर बनेको छ ।

एनसीसीएस(सिप्यान अवार्डमा मोमेन्ट अफ इयरका लागि करणको त्यो इनिङसँगै १० क्षण मनोनयनमा परेको थियो । चरण भोटिङमा करणले बाजी मारेका छन् ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनल प्रवेशका लागि १४ फेब्रुअरी २०१८ मा निर्णायक खेल क्यानडासँग थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४२.१ ओभरमा १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो ।

तर, करण केसीले सन्दीप लामिछानेसँग कीर्तिमानी साझेदारी गर्दै अन्तिम बलमा नेपाललाई जित दिलाए । उनले ३१ बलमा ३ चौका र ४ छक्काकोसहित ४१ रनको अविस्मरणीय इनिङ खेलेका थिए । यो जितले नेपाल डिभिजन टूको फाइनलमा मात्र पुगेन, विश्वकप छनोटका लागि योग्य बन्यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय